राजनीति


यी हुन् किर्गिस्तानका नयाँ प्रधानमन्त्री

यी हुन् किर्गिस्तानका नयाँ प्रधानमन्त्री

नेपालखबर
माघ २२, २०७७ बिहिबार ०:२,

किर्गिस्तानले बुधबार नयाँ प्रधानमन्त्री पाएको छ। किगिस्तानको संसद्ले उलुक्बेक मरिपोभको उम्मेदवारीलाई बुधबार पारित गरेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गरे।

संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को सङ्ख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सङ्ख्या एक मात्रै गरिएको छ । त्यसैगरी मन्त्रीहरूको सङ्ख्या पनि १६ मा झारिएको छ । यसअघि मन्त्रीहरूको सङ्ख्या २२ थियो।

केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ।

नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टीङ चेम्बरको अध्यक्षको रूपमा कार्यरत थिए। एकाउन्टीङ चेम्बर किर्गिस्तानको लेखापरीक्षणसम्बन्धी राज्यको निकाय हो।

त्योभन्दा अगाडि उनी राष्ट्रपति कार्यालयको उपप्रमुख तिए। यही जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएका थिए। झापारोभ यही जनवरी १० मा मुलुकको राष्ट्रपतिमा निर्वाचित भएकाले उहाँले राजीनामा दिएका हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad