छापा खबर


अन्नपूर्ण संरक्षण क्षेत्रमा गण्डकी प्रदेशको दाबी, सकसमा संघीय सरकार

अन्नपूर्ण संरक्षण क्षेत्रमा गण्डकी प्रदेशको दाबी, सकसमा संघीय सरकार

नेपालखबर
माघ २१, २०७७ बुधबार २३:३६,

गण्डकी प्रदेशले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा दाबी पेस गरेपछि संघ सरकार सकसमा परेको छ।

संघ सरकारले अन्तिमपटकका लागि भन्दै व्यवस्थापनको जिम्मा अर्धसरकारी निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लाई दिएकामा गण्डकी प्रदेशले दाबीसहित कार्ययोजना नै पठाएको खबर आजको नयाँ पत्रिका दैनिकमा यम बमले लेखेका छन्।

गण्डकीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट हुने आम्दानीको ५० प्रतिशत प्रदेश, २५ प्रदेश स्थानीय तह र २५ प्रतिशत आयोजनामा जाने गरी व्यवस्थापनको मोडल पेस गरेको छ।

सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापनको जिम्मा दिएको अन्तिम अवधि ३ माघ गुज्रिसकेको छ । म्याद सकिनुअघि कोषले फेरि पाँच वर्षका व्यवस्थापनको जिम्मा दिन माग गरेको थियो । गण्डकीले पनि व्यवस्थापनको मागदाबी गरेपछि कोषले प्रदेशको समेत सहभागितामा रहने गरी व्यवस्थापनको माग फेरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पठाएको छ।

‘अन्नपूर्ण संरक्षण क्षेत्र बनाएकै एनटिएनसीले हो, हामीले २८ वर्षदेखि व्यवस्थापन गर्दै आएका छौँ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले भने, ‘प्रदेशको समेत सहभागिता रहने काउन्सिलको मोडल पेस गरेका छौँ ।’ तर, वन तथा वातावरण मन्त्रालयले यसबारे कुनै कदम चाल्न नसक्दा निर्णय हुन सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad