जनकपुरमा प्रहरीसँगको झडपमा घाइते भएका नेकपा प्रचण्ड-माधव पक्षका नेता मातृकाप्रसाद यादव, रामचन्द्र झासहित चारजनालाई उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा भर्ना गरिएको छ।
भर्ना हुनेमा अन्य झडपमा घाइते धनुषाको सहिदनगर नगरपालिका मेयर उदय बरबरिया र धनुषाको हंशपुरका कार्यकर्ता प्रदीप साह समेत चारजना रहेको नेकपा प्रचण्ड–माधव पक्षका जिल्ला सचिव दीपक यादवले जानकारी दिए।
चारैजना प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएकाले थप उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको उनले बताए। उनका अनुसार झडपमा घाइते अन्य नेता कार्यकर्ताको जनकपुरमै उपचार भइरहेको छ।

चारैजनालाई साँझ बुद्ध एयरको विमानबाट थप उपचारको लागि काठमाडौं लागिएको छ।
प्रचण्ड-माधव समूहले बिहीबार गरेको आम हड्तालमा बन्द गराउने क्रममा जनकपुरको शिवचौकमा दिउँसो झडप हुँदा उनीहरुसहित एकदर्जन बढी नेताकार्यकर्ता घाइते भएका थिए।
यो पनि :
जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, मातृका यादव, रामचन्द्र झासहित दर्जनबढी घाइते
जनकपुर झडपमा घाइते यादव र झासहित ४ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

प्रतिक्रिया