राजनीति


नेकपाको विरोध प्रदर्शन : प्रचण्ड–नेपालको नेतृत्वमा सुन्धाराबाट निस्क्यो मुख्य जुलुस

नेकपाको विरोध प्रदर्शन :   प्रचण्ड–नेपालको नेतृत्वमा सुन्धाराबाट निस्क्यो मुख्य जुलुस

नेपालखबर
माघ २८, २०७७ बुधबार ६:५८,

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गर्न लागेको बृहत आमसभाका लागि मुख्य जुलुस सुरु भएको छ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्ववमा मध्यान्ह साढे १२ बजे सुन्धाराबाट जुलुस निकालिएको हो।

सुन्धाराको मुख्य जुलुसअघि राजधानीका पुल्चोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिएको थियो।

pnpardarsan

 सहायक जुलुस सुन्धरा पुगेपछि मुख्य जुलुस सुरु भएको हो। उक्त जुलुस भृकुटी मण्डपमा पुगेपछि आमसभामा परिणत हुनेछ।

 सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्माले सम्बोधन गर्ने छन्।

pnpardarsan12

त्यसैगरी रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखेले पनि सभामा सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

नेकपाले बुधबार दुई लाख मान्छे उतार्ने दावी गर्दै आएका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad