राष्ट्रिय महिला लिग फुटबलमा बुधबार एक खेल मात्र हुँदैछ।
लिगमा आज शीर्ष स्थानको नेपाल एपीएफ क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुँदैछ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे हुनेछ।

पहिलो लेगमा एपीएफले चन्द्रपुरलाई ६–० को फराकिलो अन्तरले पाखा लगाएको थियो।
लिगमा अपराजित रहेको एपीएफ सोही लयलाई निरन्तरता दिन चाहन्छ। यता रौतहट भने एपीएफलाई बराबरीमा रोक्ने योजनामा छ।
एपीएफ लिगको शीर्ष स्थानमा रहँदा चन्द्रपुर छैटौं स्थानमा छ।

प्रतिक्रिया