विश्वकप फुटबलअन्तर्गत जारी समूह ‘डी’को दोस्रो खेलमा पहिलो हाफ सकिँदा टर्कीविरुद्ध पाराग्वे १-० ले अघि छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको ६५औँ सेकेन्डमै पाराग्वेले गोल हानेको हो।
पाराग्वेका लागि माटियास गालार्जाले गोल गरेका हुन्।
अहिले पहिलो हाफ भएको छ।
पहिलो खेलमा पराजित दुवै टोली पहिलो जित हासिल गर्ने प्रयासमा छन्।
टर्की आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग २-० ले र पाराग्वे विश्वकप सहआयोजक अमेरिकासँग ४-१ ले हारेका थिए।
36
Shares

प्रतिक्रिया