तर भारतको आग्रह अनुसार अकान्टहरु बन्द नभएको भन्दै भारत ट्विटरसँग रुष्ट बनेको बीबीसीहिन्दीले जनाएको छ।
भारतले कडा शब्दमा ट्विटरले भारतको कानुन पालना गर्नुपर्ने पनि जनाएको छ।
यसबीचमा भारतको प्रविधि मन्त्रालयका सचिवले ट्विटरको ग्लोबल पब्लिक पोलिसका उपप्रमुख मोनिके मेसेसँग भारत र ट्विटरबीचको विवादको विषयमा कुराकानी गरेका छन्।
वार्तामा भारतले देशको कानुनअनुसार ट्विटरलाई दोहोरो मापदण्ड अपनाउन, सरकारको आदेशको उल्लंघन नगर्न तथा लोकतान्त्रिक संस्थानको सम्मान गर्नुपर्ने बताएको छ।
ट्विटरको आफ्नै नीति भएतापनि उसले एक देशको कानुन मान्नुपर्ने भारतको भानाइ छ।
खालिस्तान समर्थक अकाउन्टहरु चाँडै बन्द नगरेको भन्दै भारत पछिल्लो समय ट्विटरसँग चिढिएको हो।
Transparency is the foundation for promoting healthy public conversation.
Following the reports of violence in recent weeks, we're sharing a granular update on our proactive efforts to enforce our rules and defend our principles in India: https://t.co/ry557Nj94U
यद्यपी ट्विटरले केही अकाउन्टलाई भने बन्द गरिसकेको छ। यी अकान्टहरुले भारतविरुद्ध अभियान चलाएको बताइएको छ।
भारतले ट्विटरसँग सबैको अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्ने बताउँदै ट्विटरमा भारतविरुद्धका ट्विटहरु भने देख्न नचाहने बताएको हो।
हालै भारतमा जारी किसान आन्दोलनको विषयमा अमेरिकी गायिका रिहानले एउटा ट्विट गरेपछि झनै ट्विटरसँग भारतको विवाद बढेको छ।
रिहानाको ट्विटपछि भारत सरकारले वक्तव्य नै जारी गर्नुपरेको थियो। जहाँ कुनै पनि विषयमा बोल्दा जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको थियो।
भारतमा किसानले नयाँ कानुनले कर्पोरेट क्षेत्रलाई बलियो बनाउने र किसानले अन्नको मोल नपाउने गुनासो गर्दै आन्दोलन जारी राखेका छन्। तर सरकारले भने यो कानुनले कृषकलाई अझ बढी व्यवसायिक बनाउने र फाइदा पुर्याउने बताउँदै आएको छ।

प्रतिक्रिया