राजनीति


नवाज सरिफकी छोरी मरियम गिरफ्तार

नवाज सरिफकी छोरी मरियम गिरफ्तार

नेपालखबर
साउन २३, २०७६ बिहिबार १०:३९,

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज सरिफ गिरफ्तार भएका छन्।

मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज सरिफलाई पाकिस्तानको भ्रष्टचार सम्बन्धी अनुसन्धान एजेन्सी नेसनल एकाउन्टिबीलिटी ब्युरो एनएबीले हिरासतमा लिएको हो।

मरियमलाई चौधरी सुगर मिलको मुद्धामा गिरफ्तार गरिएको बीबीसीले जनाएको छ।

मरियमलाई जेलमा रहेका पिता नवाज सरिफ भेट्न गएको बेलामा बिहीबार पक्राउ गरिएको हो।

मरियमलाई चौधरी सुगर मिलमा रहेको अवैध सेयरको मुद्धामा जवाफ दिन बिहीबार तीन बजे एनएबीको कार्यालय आउन भनिएको थियो।

तर उनी नगएपछि उनलाई गिरफ्तार गरिएको हो। यसअघि पनि उनलाई जवाफ दिनका लागि एनएमबीले सूचना जारी गरेको थियो। तर उनले उक्त विषयलाई नजरअन्दाज गरेकी थिइन्।

उनका पिता भ्रष्टाचारको मुद्धामा दोषी ठहर भएकाले जेल जीवन विताइरहेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad