राजनीति


आरआर क्याम्पसमा ओली समूहका विद्यार्थीद्वारा प्रचण्ड–नेपाल पक्षमाथि आक्रमण, चार जना घाइते

आरआर क्याम्पसमा ओली समूहका विद्यार्थीद्वारा प्रचण्ड–नेपाल पक्षमाथि आक्रमण, चार जना घाइते

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ९:११,

आरआर क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका विद्यार्थीले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेका छन्।

ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका हुन्।

मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेका हुन्। उनीहरुले क्याम्पस प्रांगणमै आक्रमण गरेको प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरुले बताए।

आक्रमण गर्ने खड्का सो क्याम्पसका ओली पक्षका युथ फोर्स अध्यक्षसमेत हुन्।

‘अराजक समूहबाट आक्रमण भएको हो। आक्रमणमा चार जना साथीहरु घाइते हुनुभएको छ, उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ’, प्रचण्ड–नेपाल निकट विद्यार्थी नेता सुशील खनालले भने।

आफूहरुमाथि ओली पक्षका विद्यार्थीहरुले आक्रमण गरेपछि घाइते विद्यार्थीहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी गरेका थिए। उजुरीपछि प्रहरी क्याम्पस पुगेर सीसीटीभी फुटेज मागे पनि क्याम्पसले उपलब्ध नगराएको प्रचण्ड–नेपाल समूहका नेता देवेन्द्र शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad