राजनीति


कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गरे सचिवालयमा हेरफेर

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गरे सचिवालयमा हेरफेर

नेपालखबर
फागुन ५, २०७७ बुधबार १३:२,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गरेका छन्।

उनले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन्।

उनले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक, प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रवीन्द्र शाहीलाई नियुक्त गरिएको बताए।

पार्टीका अन्य नेता कार्यकर्तालाई पनि अवसर प्रदान गर्ने हेतुले सचिवालय हेरफेर गरिएको जनाउँदै यसमा अन्य कुनै कारण नभएको मुख्यमन्त्री शाहीले प्रस्ट पारेका छन्।

तीन वर्षसम्म सचिवालयमा रहेर काम गरेका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सुमन शाहीलाई आजै बिदाइ गरिएको छ।

यही फागुन २ गते कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए। मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृतिका बारेमा भने प्रदेश सरकारले जानकारी गराएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad