सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विकृति र विसंगति सहन नसकेर आफू विद्रोहमा गएको बताएका छन्।
शुक्रबार राजधानीमा 'शमी' मासिक साहित्यिक पत्रिका तथा 'झरीको सौन्दर्य' निबन्धसंग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘म झण्डै झण्डै अर्धपागल भएर विद्रोहमा गएको हुँ’, उनले भने, ‘सबै बेथिति र विसंगति सहन नसक्ने भएपछि विद्रोहमा लागेको हुँ।
अध्यक्ष प्रचण्डले आफूले विद्रोहको नेतृत्वको गरे पनि हिंसात्मक गतिविधिमा आफू सहभागी नभएको प्रष्ट पारे। ‘म त्यस्तो विद्रोही नेता हुँ जसलाई कसैलाई एक लपेटो हानेको पनि छैन र कसैको एक लपेटो खाएको पनि छैन’, मेरो नेतृत्वमा यत्रो युद्ध भयो, हजारौँको बलिदान भयो। तर त्यसको कमाण्डर म जसको हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागिता छैन।।’
उनले मान्छेहरुलाई यो कुरा पत्याउन गारो हुने र विश्वासै नलाग्ने खालको लाग्ने समेत बताए।
उनले आजभोलि केही मानिसहरुले आफूलाई बढी हिंस्रक मान्छे र अपराधि जस्तो व्यवहार गरेको बताए।
उनले गाउँघरमा बालकको झगडा हुँदा सत्य बोल्ने देउताको गाईका रुपमा अभिभावकले आफूलाई लिने गरेको स्मरण गर्दै परिस्थितिले युद्धको नेतृत्व गर्ने मोडमा पु¥याएको बताए।
अध्यक्ष प्रचण्डले आफू नै युद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्ने नेता भएको दावी समेत गरे।
अध्यक्ष प्रचण्डले राजतन्त्र विरुद्धको आन्दोलनदेखि संविधान निर्माणसम्म सबै दल मिलेर अगाडि बढेको बताउँदै अबका दिनमा पनि मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए।
परिवर्तनको हिस्सा लिने सत्तापक्ष, प्रतिपक्ष, नागरिक समाज र साहित्यकारहरु सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।
Shares

प्रतिक्रिया