राजनीति


प्रचण्डले भने: ओलीसँग एकता सम्भव छैन

प्रचण्डले भने: ओलीसँग एकता सम्भव छैन

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार १५:८,

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्।

प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने ओलीसंग एकता नहुने बताए।

ओली प्रतिगमनकारी भूमिका खेल्ने व्यक्ति भएकाले उनीसँग एकता हुन नसक्ने उनको भनाइ छ।

‘ओलीजी प्रतिगमनकारी भूमिका खेल्ने। अनि पार्टी एकता उनैसँग कसरी हुन सक्छ? उहाँ पुस ५ पछि प्रतिगमनकारी विचारको मान्छे बन्नुभयो,’ प्रचण्डले भने, ‘अहिले सर्वोच्चले पो हामीलाई न्याय दियो र प्रतिनिधि सभा पुनर्स्थापना भयो त। ओलीको लागे–पुगेको हुन्थ्यो भने त उहाँले देशलाई बर्बादीको दिशामा लान खोजेको हो नि त।’

ओलीले आफूलाई सिध्याउन खोजेको प्रचण्डको आरोप छ।

‘ओलीजी त प्रचण्डलाई ध्वस्त पार्ने योजनामा हुनुहुन्छ,’ प्रचण्डले भने, ‘केही मान्छेलाई बोलाउँदै प्रचण्ड सक्ने योजनामा लाग्नुभएको छ। संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि प्रचण्ड ध्वस्त पार्छु भन्दै हुनुहुन्छ। उहाँसँग कसरी पार्टी एकता हुन सक्छ?’

उनले आफू प्रधानमन्त्री नबन्ने पनि स्पष्ट पारे। प्रचण्डले अन्य दलसँग मिलेर सरकार बनाउन सकिने बताए।

प्रचण्डले आफू र माधवकुमार नेपालमा ओली प्रवृत्ति नभएको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad