प्रतिवेदनमा गतवर्षको अक्टोबर १२ मा भारतको मुम्बईमा बिजुली जानुकाे कारण साइबर आक्रमण भएको उल्लेख गरिएको छ।
अध्ययनमा चीनले प्रायोजन गरेको समूहले साइबर आक्रमण गरेको र त्यो समूहले भारतका विभिन्न संस्थामा घुसपैठ गरेको देखिएको जनाइएको छ।
उक्त समूहको नाम रेडए भएको बताइएको छ।
यही प्रतिवेदनलाई उल्लेख गर्दै न्युयोर्क टाइम्समा गलवानमा भएको हिंस्रक झडपपछि भारतलाई चेतावनी दिन चीनले साइबर आक्रमण गरेको विषय समेटिएपछि साइबर आक्रमणको विषय यतिबेला निकै चर्चित बनेको छ।
गतवर्षको १२ अक्टोबरमा मुम्बईको ठूलो हिस्सामा बिजुली गएकाे थियो। बिजुली जाँदा त्यहाँका ठूलो जनसंख्या मारमा परेका थिए।
दुई करोड मानिस बस्ने क्षेत्र पुरै बिजुलीविहीन भएका थिए। मुम्बई सेन्ट्रल, थाणे, जोगश्वरी, बडाला, चेम्बुर, बोरीवली, दादर, कान्दीवाली र मिरा रोड प्रभावित भएका थिए।
त्यहाँका रेल सेवा अवरुद्ध भएका थिए भने स्टक मार्के बन्द भएका थिए। साथै कोरोना प्रकोपबीच अस्पताल जेनेरेटर चलाउन बाध्य भएको थियो।
यस विषयमा अमेरिका, भारत तथा चीनले प्रतिक्रिया जनाएका छन्।
— Rep. Frank Pallone (@FrankPallone) March 1, 2021The U.S. must stand by our strategic partner and condemn China’s dangerous cyber-attack on India's grid, which forced hospitals to go on generators in the midst of a pandemic.
We cannot allow China to dominate the region through force and intimidation. https://t.co/1pMi2TMy3p
अमेरिकाका वरिष्ठ सांसद फ्र्यांक पालोनले चिनियाँ साइबर आक्रमणको विषयमा अमेरिकाले भारतको पक्ष लिनुपर्ने सरकारसँग माग गरेका छन्।
‘अमेरिकाले आफ्नो रणनीतिक साझेदारको साथ दिन जरुरी छ। पावर ग्रिडमा भएको चिनियाँ खतरनाक आक्रमणको विरोध गर्नुपर्छ। उक्त साइबर आक्रमणका कारण अस्पतालको विजुली गएको थियो जसका कारण उनीहरु जेनेरेटरको सहारा लिन बाध्य भए’ डेमोक्रेटिक सांसद पालोनले भनेका छन्,‘हामी चीनलाई यस क्षेत्रमा बल र धम्कीको शक्तिमा प्रभुत्व स्थापित गर्न दिदैनौं।’
यसैबीच अमेरिकी गृह मन्त्रालयका एक प्रवक्ताले समाचार संस्था पीटीआईसँग भनेका छन्,‘साइबरस्पेसको खतराको यस्तो मामिलामा गृहमन्त्रालयले आफ्नो सहयोगीसँग मिलेर काम गर्छ।’
अमेरिकी रिपोर्टपछि भारतको विद्युत मन्त्रालयले भने कुनै पनि साइबर आक्रमणले भारतकाे विद्युतीय प्रणालीमा केही असर नगरेको बताएको छ।
मन्त्रालयले चीनको साइबर आक्रमण र मुम्बईमा गएकाे बिजुलीकाे विषय केही उल्लेख गरेन।
मन्त्रालयले भनेको छ,‘रिपोर्टमा भनिएको जस्तो केही असर भएको छैन। यस्ता घटनामा हाम्रो कुनै डेटामा क्षति पुगेको छैन। डेटा चोरी भएका छैनन्।’
यसरी चीनले साइबर आक्रमण गर्दा मुम्बईमा बिजुली गएको विषय सार्वजनिक भएपछि चीनले यी विषयहरु अफवाह भएको बताएको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार रिपोर्टमा लगाइएको आरोपको खण्डन गर्दै गैरजिम्मेवार र गलत मनसायले रिपोर्ट तयार गरिएको बताए। बीबीसी र न्युयोर्क टाइम्सको सहयोगमा

प्रतिक्रिया