आज (बिहबिार) देखि संसद् बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्।
पुनर्स्थापनायता प्रतिनिधि सभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ।
विस्तृत : पुनर्स्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज, ७ अध्यादेश पेस गर्ने कार्यसूची
सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरिदिएपछि ब्युँतिएका एमाले र माओवादी केन्द्रका सांसदका लागि आज हुने बैठकदेखि अलग-अलग स्थान तय गरिएको हो।
संसद सचिवालयका अनुसार फैसलाअनुसार निर्वाचन आयोगले पत्र पठाएपछि संसद् भवनमा दुई पार्टीका लागि छुट्टाछुट्टै लहर व्यवस्था गरिएको हो।
छुट्टै दल भए पनि माओवादी केन्द्र सत्ता पक्ष नै भएकाले त्यसका सांसदका लागि एमालेका सांसद बस्नेनजिकै अर्को छुट्टै स्थान व्यवस्था गरिएको संसद् सचिवालयले जनाएको छ।
Shares

प्रतिक्रिया