नेकपा एमाले संसदीय दलका नेता सवास नेम्वाङले पार्टीकै अर्को पक्षका नेताहरुलाई सम्मानजनक व्यवहार गर्ने बताएका छन्।
बुधबार संसद भवनबाट बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै उपनेता नेम्वाङले एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई सम्मानजनक व्यवहार गर्ने बताएका हुन्।
हिजोको अन्तविरोधलाई लिएर नेपाल–खनाल पक्षमाथि कस्तो व्यवहार हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘उहाँहरुलाई सम्मानजनक ढंगले व्यवहार हुन्छ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकारको धरणाबारे पत्रकारले राखेको प्रश्नको जवाफमा उनले आफूले अरुले बोलेका कुरामाथि कुनै टिप्पणी नगर्ने बताए।
उनले सरकारलाई दिएको समर्थनका बारेमा अन्य दलले निर्णय नगरिसेकोका कारण सरकार अल्पमतमा नपरेको बताए।
उनले सरकार गठनबारे जनता समाजवादी पार्टीसँग आफूहरु निरन्तर छलफलमा रहेको बताए।
Shares

प्रतिक्रिया