राजनीति


बालुवाटारमा प्रधानमन्त्री ओली र जसपा नेताहरूबीच छलफल जारी

बालुवाटारमा प्रधानमन्त्री ओली र जसपा नेताहरूबीच छलफल जारी

नेपालखबर
फागुन २७, २०७७ बिहिबार १२:४९,

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच बालुवाटारमा छलफल जारी छ।

प्रधानमन्त्री ओलीसुँग छलफलका लागि जसपा नेताहरु बिहीबार साँझ बालुवाटार पुगेका हुन्। अहिले छलफल जारी रहेको जसपाका एक नेताले बताए।

 छलफलमा लागि जसपा अध्यक्ष महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, नेताहरु राजेन्द्र महतो र अशोक राई सहभागी छन्।

आजै बसेका जसपाको शीर्ष नेताहरुको बैठकले सत्ता समीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलसँग शीर्ष नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थियो।

यसअघिका छलफलमा अध्यक्ष ठाकुर र नेता महतोमात्रै सहभागी हुने गरेको भए पनि बिहीबारको बैठकपछि पाँच शीर्ष नेता सहभागी भएका हुन्।

 मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad