राजनीति


ओली संसदलाई कामविहीन बनाएर फेरि विघटनकै बाटोमा : गगन थापा

ओली संसदलाई कामविहीन बनाएर फेरि विघटनकै बाटोमा : गगन थापा

नेपालखबर
चैत १०, २०७७ मंगलबार ७:५५,

सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको आरोप लगाएका छन्।

मंगलबार संघीय प्रतिनिधिसभाको बैैठकमा शून्य समयमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले प्रधानमन्त्रीले आफूमाथि वर्षिने प्रश्न छल्नखोजेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर हल्लामात्रै मच्चाएको उनको भनाइ छ।

उनले भने, ‘जति दिन यो सरकार रहन्छ, प्रधानमन्त्रीलाई यो संसदप्रति तिरस्कार छ।’

आफ्नो अपमानको बदला जनताले लिने पनि उनले बताए।

‘कहिले प्रश्न छल्न हठात् संसद बैठक स्थगित गर्ने, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग गर्ने’, संसदमा थापाले भने, ‘अनि अहिले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गराउन संसदलाई कामविहीन बनाउने प्रपञ्च गर्ने?

सांसद् थापाले यो विधेयक अधिवेशन भएकाले आफूहरु काम गर्न तयार रहेको स्पष्ट पारे।

एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने प्रधानमन्त्रीले संसदलाई एउटा पनि विधेयक नदिएकोमा प्रश्न गरे।

उनले विधेयकलाई काम गर्न चाहिने राष्ट्रियसभाको बैठक पनि नबोलाएकोमा रोष पोखे।

‘हामी स्पष्ट छौँ, जतिदिन यो सरकार रहन्छ, संसदको तिरस्कार र अपमान र उपेक्षा गर्ने क्रम बढ्दै जान्छ किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ’, सांसद थापाले भने।

आआफ्नो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्ने बताउँदै उनले बाँकी काम जनताको भएको बताए।

‘यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछन्’, उनले थपे, ‘किनकि यो संसद् र सांसदको अपमान हो।’

यो लोगो लगाउने सांसदहरुको मात्र तिरस्कार र अपमान नभई संसद बनाउने जनताकै अपमान भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad