राजनीति


खनालले ओलीलाई भने– तपाईंबाट राजनीतिक हत्या भयो, ओलीको जवाफ– तपाईंहरुबाट मेरो चरित्रहत्या भयो

खनालले ओलीलाई भने– तपाईंबाट राजनीतिक हत्या भयो, ओलीको जवाफ– तपाईंहरुबाट मेरो चरित्रहत्या भयो

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १४:५९,

नेकपा एमालेको संसदीय दलको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि सांसदहरुले बिभिन्न प्रश्न उठाएका छन्।

एमाले पुनस्र्थापना भएपछि पहिलो पटक पार्टीको बैठकमा सहभागी भएका नेपाल–खनाल पक्षका सांसदहरुले यसबीचमा ओलीको नेतृत्वमा गरिएका निर्णयमाथि प्रश्न उठाएका हुन्।

सहभागी एक सांसदका अनुसार बैठकको सुरुमै आफ्नो धारणा राखेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले राजनीतिक हत्या गरेको आरोप लगाए।

‘तपाईंबाट राजनीतिक हत्या भयो,’ खनालले बैठकमा भने, ‘कम्युनिष्टको अत्यधिक बहुमत पाएको प्रधानमन्त्रीले संविधानमा व्यवस्थै नभएको प्रतिनिधि सभाको हत्या गरेर पार्टीलाई अप्ठेरोमा पार्नुभयो। यो जनताप्रतिको बेइमानी थियो।’

यो लगायत आफ्ना धारणा राखेर खनाल बैठकबाट निस्किए।

त्यसपछि बोलेका प्रधानमन्त्री ओलीले खनालका भनाइहरुको खण्डन गरे। ‘झलनाथ खनालजीले अघि राजनीतिक हत्या भयो भन्नुभयो, कसरी हुन्छ हत्या?’ ओलीले भने, ‘जनतामा जाने कुरा प्रजातान्त्रिक होइन र? कि चुनावमै नगई बसिरहने हो? बरु उहाँहरुले मेरो चरित्रहत्या गर्नुभयो। पार्टीबाट निस्कासन गर्ने, नभएका आरोप लगाउने, राजनीतिलाई गलत गतिविधि गर्ने, राजनीतिक कोर्सलाई पछि फर्काउने काम उहाँहरुले गर्नुभयो र मेरो चरित्रहत्या गर्नुभयो ।’

आजको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल सहभागी भएका भएनन्। ओली त्यसप्रति पनि खनिएका थिए।

यो पनि : 
संसदीय दलको बैठकमा प्रधानमन्त्री ओली र भुसालबीच चल्यो जुहारी
संसदीय दलमा ओलीले भने– फागुन २८ को निर्णयबाट पछाडि फर्कन सकिँदैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad