राजनीति


सभापतिमै उठ्छु : शेखर कोइराला

सभापतिमै उठ्छु : शेखर कोइराला

वाशुदेव मिश्र
चैत २८, २०७७ शनिबार १५:५,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टीमा सभापतिबाहेक पदमा उम्मेदवारी नदिने बताएका छन्।

कांग्रेसको आगामी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने तयारीमा रहेका नेता कोइरालाले आफू सभापति भए कार्यकर्ताले दुःख नपाउने दाबी पनि गरे।

‘म १४औं महाधिवेशनमा सभापतिाबाहेकका पदमा उम्मेदवारी दिन्नँ,’ गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसका अवसरमा शनिबार पोखरामा आयोजित फोटो प्रदर्शनी एवं विचार गोष्ठीमा उनले भने, ‘कार्यकर्ताका क्षमता, योग्यता र योगदानका आधारमा उचित भूमिका दिन्छु।’

उनका भाइ तथा कांग्रेसका महामन्त्री शशांक कोइरालाले पनि सभापति पदमै उम्मेदवारी दिने बताइरहेका छन्।

डाक्टर कोइरालाले पार्टीको महाधिवेशन कात्तिक ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको बताए। कार्यकर्ताको बाक्लो उपस्थिति रहेको सभामा उनले नेतृत्वको आलोचनामा पनि समय खर्चे।

प्रधानमन्त्री खड्कप्रसाद ओलीका कारण देश बर्बादीतर्फ उन्मुख भएको आरोप लगाए। सरकार निरंकुशता र अधिनायकवादतर्फ अघि बढ्दै गएको आरोप लगाउँदै उनले प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा परेको टिप्पणी गरे।

उनले छिटोभन्दा छिटो मिलिजुली सरकार बनाउन आवश्यक भएको पनि बताए।

अविश्वासको प्रस्ताव दर्ता गर्न ढिला भइसकेको नेता कोइरालाले बताए। अब बन्ने सरकार चुनावी सरकार हुने संकेत गर्दै उनले आउँदो मंसिर वा चैतमा देशलाई निकास दिन निर्वाचन गर्नुको विकल्प नरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .