नेकपा एमालेको माधवकुमार नेपाल समूहले आज झापा जिल्लामा समानान्तर कमिटी घोषणा गर्ने भएका छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा सो पक्षले देवराज रेग्मीको नेतृत्वमा कमिटी बनाउन लागेको हो।
एमालेको हालका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक ओलीनिकट हुन्।

कमिटी घोषणा कार्यक्रममा सहभागी हुनका लागि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल झापा पुगेका छन्।
झापाको बिर्तामोडमा आयाेजित सो कार्यकर्ता भेला सुरु भएको हो। नेपाल पक्षले यसअघि ६७ वटा जिल्लामा कमिटीको गठन गरिसकेका छन्।

नेपाल पक्षले फागुन २३ को अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेसम्म क्रियाशील एमालेका कमिटी ब्युँउत्याउनु पर्ने माग गर्दै आएका छन्।
तर प्रधानमन्त्री ओलीले भने फागुन २८ गते आफ्नो पक्षका सदस्यहरुको मात्रै उपस्थितिमा केन्द्रीय कमिटी विस्तार गरेपछि नेपाल पक्षले केन्द्रीय कमिटीका बैठक बहिस्कार गर्दै आएका छन्।

प्रतिक्रिया