नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका चार सांसदले दायर गरेको अध्यक्ष केपी ओलीविरुद्धको रिटको पेशी तोकिएको छ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार पेशी तोकिएको हो। तर उक्त इजलासको ३०औँ नम्बरमा पेशी राखिएकाले आइतबार सुनुवाइको सम्भावना भने कम देखिएको छ।
नेपालसहित चार सांसदले आफूहरुलाई थप कारबाही गर्न लागेको भन्दै वारेसमार्फत बिहीबार रिट निवेदन दर्ता गराएका थिए।
नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले रिट दायर गरेका हुन्।
यी चारै नेतालाई ओलीले ६ महिनाका लागि निलम्बन गरेका छन्। सांसदबाट समेत निष्काशन गर्न लागिएको भन्दै नेताहरु सर्वोच्च पुगेका हुन्।
यो पनि –
माधव नेपालसहित चार सांसदको रिट सर्वोच्चमा दर्ता, आइतबार पेसी (रिटसहित)

प्रतिक्रिया