राजनीति


सीसीएमसीको बैठक सुरु, थप कडाइ गर्न सरकारलाई सिफारिस गर्दै

सीसीएमसीको बैठक सुरु, थप कडाइ गर्न सरकारलाई सिफारिस गर्दै

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ९:५७,

कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठक सुरु भएको छ।

कोरोना संक्रमणको जोखिम दिनदिनै बढ्दै गएपछि थप रणनीति तय गर्नेबारे छलफल सुरु भएको हो।

उपप्रधानमन्त्री ईश्वर पोख्रेलका प्रेस संयोजक गणेश पाण्डेले सिंहदरबारमा सो बैठक सुरु भएको जानकारी दिए।

यसअघि शनिबार सीसीएमसीका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई पछिल्लो अवस्था र सरकारले गर्नुपर्ने निर्णयबारे ब्रिफिङ गरेका थिए। त्यहिअनुसार थप रणनीति तयार गर्न छलफल सुरु भएको हो।

सीसीएमसीले सरकारलाई थप कडाइ गर्न सिफारिस गर्ने तयारी गरेको छ। यसअघि स्वास्थ्य मन्त्रालयले स्थिति बिग्रिएको भन्दै थप तयारीबारे निर्णय लिन आग्रह गरेको छ।

पछिल्ला दिन नेपालमा दैनिक २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।

उनले संक्रमण बढी फैलिएका निश्चित ठाउँहरुमा स्थानीय स्तरको लकडाउन हुनसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad