राजनीति


दुई साताअघि मन्त्री बनेका जसपाका ‘विद्रोही नेता’ न सांसद न मन्त्रीको स्थितिमा

दुई साताअघि मन्त्री बनेका जसपाका ‘विद्रोही नेता’ न सांसद न मन्त्रीको स्थितिमा

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ६:२९,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि जनता समाजवादी पार्टीको निर्णयविपरित मन्त्री बनेका चार जनाको पद दुई साता पनि टिक्न सकेन।

मुख्यमन्त्री पोखरेलको राजीनामासँगै उनीहरुको मन्त्री पद स्वत: गुमेको छ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सजपाले संयुक्तरुपमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए।

तर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ३ सांसदसहित ४ जना मन्त्री बनेका थिए। एक जना कल्पना पाण्डेले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन्।

लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये ४ जनाले बहुमतको आधारमा संसदीय दलको नेता परिवर्तन गरेको निर्णय गर्दै सरकारमा सहभागी भएका थिए।

उनीहरुलाई सोही दिन जसपा लुम्बिनी प्रदेशले २४ घण्टे स्पष्टीकरण सोध्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको थियो।

उनीहरुले पार्टी निर्णयविपरित मुख्यमन्त्रीलाई साथ दिएको भन्दै सांसद पदबाट पनि हटाइएकाे थियाे।

उनीहरुलाई सांसद र पार्टीको जिम्मेवारीबाट हटाएकोमा अध्यक्ष महन्थ ठाकुर भने असन्तुष्ट थिए।

उनले निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्रसमेत दिएका थिए।

उनीहरुलाई बिहीबार प्रदेश सभा सदस्यबाट पनि पदमुक्त गरिएको हाे।

प्रदेश सभा सदस्यबाट हटाएपछि उनीहरुले कानुनी उपचार खोज्ने बताएका थिए।

जसपाका ४ नेता आज सर्वोच्चमा रिट दायर गर्ने तयरीमा भए पनि मुख्यमन्त्रीले राजीनामा दिएसँगै उनीहरुकाे मन्त्री र सांसद पदसमेत गुम्ने स्थिति बनेकाे छ।

उनीहरु अब के गर्ने भन्नेबारे छलफलमा रहेको एक नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad