राजनीति


कोरोना संक्रमणका कारण एमाले नेता पशुपति चौलागाईंको निधन

कोरोना संक्रमणका कारण एमाले नेता पशुपति चौलागाईंको निधन

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १७:१,

एमाले नेता पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको छ।

हाल वागमती प्रदेश सभाका सांसद रहेका चौलागाईं कोरोना संक्रमण भई उपचाररत् थिए।

उनलाई कोरोना संक्रमण भएपछि बैशाख २१ गते स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

सोहि अस्पताल परिसरमै रहेकी दोलखाकी प्रदेश सांसद रचना खड्काका अनुसार मंगलबार राति करिब १० बजे अस्पतालले चौलागाईंको निधन भएको जानकारी दिएको थियो।

खड्काका अनुसार चौलागाईंको अवस्था जटिल भएपछि उनलाई हिजो सोमबार आईसीयूमा सारेर उपचार गरिएको थियो।

प्रदेश सभामा दोलखाबाट निर्वाचित भएका चौलागाईं यसअघि दोलखाबाटै प्रतिनिधि सभामा समेत निर्वाचित सांसद हुन्।

एमालेका पोलिटब्युरो सदस्य चौलागाईं युवा संघको केन्द्रीय अध्यक्ष भइसकेका थिए।

पटक पटक जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका चौलागाईं अत्यन्त क्रियाशील र सरल जीवनशैली अपनाउने लोकप्रिय नेता हुन्।

उनको निधनको खबर आएसँगै शंकर पोखरेल, योगेश भट्टराई, प्रकाश ज्वाला, विशाल भट्टराई लगायतका एमाले नेताहरुले सामाजिक सञ्जालमार्फत् उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .