राजनीति


माओवादी स्थायी समिति निर्णय : अझै पनि एमाले सांसदहरुको समर्थनको पर्खाइमा छौं

माओवादी स्थायी समिति निर्णय : अझै पनि एमाले सांसदहरुको समर्थनको पर्खाइमा छौं

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १२:४९,

नेकपा माओवादी केन्द्रले बहुमतको सरकार गठन गर्न अझै पनि माधव नेपाल पक्षका एमाले सांसदहरुको निर्णय कुर्ने बताएको छ।

बिहीबार बसेको माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटिको बैठकले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच बहुमत सरकार गठन गर्न सहकार्य गर्ने निर्णय गरेको छ।

तर बहुमत सरकारको दाबी गर्न नेपाल पक्षका सांसदहरुको निर्णय कुर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘हामी अहिले पनि माधव नेपाल–झलनाथ खनाल पक्षको निर्णय पर्खिरहेका छौं, अहिलेसम्म उहाँहरुले निर्णय दिनुभएको छैन, उहाँहरुले सकारात्मक निर्णय दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ,’ श्रेष्ठले स्थायी समिति बैठकपछि भने, ‘उहाँहरुको निर्णय आएपछि मात्र बहुमतको सरकार दाबी गर्न जाने नजाने निर्णय गर्छौं।’

तर उता एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्तापछि एमालेको आपसी विवाद मिलाउने सहमति जुटेको छ।

सो सहमतिपछि नेपाल समूहका सांसदहरुले राजीनामा दिई विपक्षी गठबन्धनलाई सघाउने सम्भावना सकिएको छ।

माओवादीको स्थायी समितिको बैठक सकिएकै बेला ओलीसँगको कुराकानी सकेर बाहिरिँदै गरेका नेता नेपालले ओलीसँग सहमति जुटेको र आफ्नो समूहका सांसदहरुको राजीनामा टरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad