नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सातवटै प्रदेशमा हेल्प डेस्क स्थापना गरेको छ।
कोरोनाको दोस्रो लहरका कारण मुलुकको अवस्था भयावह र त्रासदीपूर्ण बनेको भन्दै क्रान्तिकरीले सातवटै प्रदेशमा स्वास्थ्यकर्मीको समूह बनाई हेल्प डेस्क स्थापना गरेको प्रवक्ता जीपी मैनालीले बताए।
यस्तै, क्रान्तिकारीले मुलुक बाहिर रहेका नेपाली कम्युनिटीलाई सहयोगको अपिल गरेको छ।
अध्यक्ष रञ्जित तामाङद्वारा हस्तक्षरित विज्ञप्तिमा उपचारका लागि अस्पतालका बेड, आईसीयू, भेन्टिलेटर नपाएर दैनिक सयौ संक्रमितहरु मृत्युवरण गर्न बाध्य भएको र अक्सिजनको अभावमा अस्पताल, आईसोलेसन र क्वारेन्टिन बधशालामा परिणत हुँदै गरेको बताइएकाे छ।
विज्ञप्तिमा सरकारसँग जिम्मेवार बन्न तथा सहयोगका लागि सबै पक्षसँग आग्रह गरिएकाे छ।
Shares

प्रतिक्रिया