प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनलाई असहयोग गरेका ठाकुर ओली पुन: प्रधानमन्त्री बन्ने निश्चित भएपछि छलफलका लागि बालुवाटार पुगेका हुन्।
कांग्रेस-माओवादीले वहुमत नपुगेको भन्दै नयाँ सरकारका लागि दावी नगर्ने बताइसकेका छन्। माधव नेपाल पक्षका सांसदको राजीनामा टरेको र ठाकुरले समर्थन नगरेपछि ओलीलाई नै संसदको ठूलो दलको आधारमा प्रधानमन्त्री नियुक्तिको तयारी गरिएको छ।
नयाँ सरकारका विषयमा छलफल गर्न जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका हुन्।

प्रतिक्रिया