ad ad

राजनीति


सरकारसँग देउवाको माग : सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर प्रयाेगशाला स्थापना गर

सरकारसँग देउवाको माग : सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर प्रयाेगशाला स्थापना गर

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १३:२६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरेका छन्।

त्यसैगरी उनले तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप, औषधी लगायतको व्यवस्थ ा गर्न पनि माग गरेका छन्।

‘कोभिड—१९ को संक्रमणले उग्र रुप लिईरहेको छ। देशभरिका अस्पतालमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर सहितका आईसीयू बेड र औषधिको अभाव भइसकेको छ,’ देउवाले शुक्रबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘सुदूरपश्चिम लगायतका दुर्गम स्थानहरु र देशभरिमा नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भईरहेको छ तर सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन।’

यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई पनि आवश्यक सहयोग गर्न उनले अपिल गरेका छन्।

यस विषम अवस्थामा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न उनले आम सर्वसाधारणसँग अनुरोध गरेका छन्।

‘देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गर्दछु,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .