राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गरेकी छन्।
भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा ती अध्यादेशका विषयवस्तु भने प्रष्ट हुँदैन।
केपी शर्मा ओली बैशाख ३० गते प्रधानमन्त्री पदमा पुनः नियुक्त भएपछि लिएको शपथ विवादमा तानिएको छ। त्यसबारे अहिले अदालतमा मुद्दा विचाराधीन रहेका बेला सरकारले शपथसम्बन्धी नै अध्यादेश ल्याएको हो।

3
Shares

प्रतिक्रिया