नेकपा–एमालेले सो पार्टीका १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी अदालतसम्म पुगेको भनी ती नेतालाई स्पष्टीकरण सोधिएको एक स्थायी कमिटी सदस्यले नेपालखबरलाई बताए।
आज सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो।
बैठकले घनश्याम भूसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
सोहि बैठकले शनिबार स्पष्टीकरण सोधिएका माधव नेपाल, झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय पनि गरेको छ।
वरिष्ठ नेता नेपाल, अर्का बरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई पार्टीबाट निष्कासन गरिएको हो।
त्यसैगरी सो बैठकले सुदूर पश्चिम प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने तथा मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय पनि गरेको छ।
यो पनिः
- ओलीले गरे माधव नेपाल र झलनाथ खनालसहित ११ नेतालाई एमालेबाट निस्काशित
- केपी ओली कम्युनिस्ट आन्दोलनको गद्दार हो, कारबाहीको औचित्य छैनः झलनाथ खनाल

प्रतिक्रिया