राजनीति


जसपाका १० नेता आज मन्त्री बन्दै, साँझ शपथ

जसपाका १० नेता आज मन्त्री बन्दै, साँझ शपथ

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ११:३६,

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले ८ वटा मन्त्रालय लिएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार जसपाबाट सरकारमा नेतृत्व राजेन्द्र महतोले गर्नेछन्।

उनले उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मेवार लिने भएका छन्।

शरतसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको जिम्मेवारी पाउनेछन्।

अनिलकुमार झाले खानेपानी तथा सरसफाई, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाउँदा उमाशंकर अरगरियाले वन र लक्ष्मणलाल कर्णले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

एकवाल मिँया युवा तथा खेलकुद र चन्दा चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय टुंगो लागेको छ। चन्द्रकान्त चौधरी र रेनुका गुरुङ राज्यमन्त्री बन्ने भएका छन्। मन्त्रीहरुको शपथ बेलुकी ६ बजेलाई तय भएको झाले बताए।

‘हाम्रो पार्टीले ८ मन्त्रालय र २ राज्य मन्त्रालय लिएर सरकारमा जाने सहमति जुटेको छ, सरकारको तर्फबाट नेतृत्व महतोजीले गर्नुहुनेछ’, झाले नेपालखबरसँग भने, ‘एकवाल मियाँ र चन्दा चौधरीको मन्त्रालय टुंगो लाग्न बाँकी छ।’

मन्त्रालयकाे विषयमा सहमति जुट्न नसकेपछि महन्थ ठाकुर र राजेन्द्र महताेले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा वार्ता गरेका  थिए।

महतोले आफूलाई गृह मन्त्रालयमा दाबी गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .