समाज


प्रेमपत्र पठाएको आरोपमा दलित युवकलाई सार्वजनिक स्थलमा बाँधेर निर्घात कुटपिट

प्रेमपत्र पठाएको आरोपमा दलित युवकलाई सार्वजनिक स्थलमा बाँधेर निर्घात कुटपिट

शैलेन्द्र महतो
जेठ २१, २०७८ शुक्रबार ११:३४,

रौतहटमा एक दलित युवकलाई सार्वजनिक स्थलमा बाँधेर निर्घात कुटपिट भएको छ। कुटपिटको भिडिओ शुक्रबार समाजिक सञ्जालमा भाइरल भएपछि घटना सार्वजनिक भएको हो।

एक युवतीलाई प्रेम पत्र पठाएको आरोपमा कक्षा ११ मा अध्ययरत रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवानलाई सार्वजनिक स्थलमा कुटपिट गरिएको हो। घटना बिहीबार दिउँसोको हो। वडा नम्बर ४ बस्ने राजदेव गिरी लगायतले विकासलाई घरबाट बोलाएर सार्वजनिक स्थलमा बाँधेर निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

समाजिक संजालमा भिडिओ भाइरल भएपछि कुटपिट घटनामा संलग्न राजदेव गिरीसहित तीनजनालाई शुक्रबार बिहान पक्राउ गरेको रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम साहले नेपालखबरलाई जानकारी दिए।

पीडित पक्षको जाहेरी नआएकाले उनीहरुलाई अहिले हिरासतमा राखिएको र पीडितको जाहेरी आउँदा कानुन बमोजिम कारबाही गर्ने उनले बताए।

विकासले एक गिरी थरकी युवतीलाई प्रेमपत्र पठाएको, फोन नम्बर दिएर कुरा गर्न लगाएको लगायतका आरोप लगाएर कुटपिट गरिएको स्थानीयले बताएका छन्।

दलित भएकै कारणले आफ्नो छोरालाई झुठो आरोप लगाएर निर्घात कुटपिट गरी अन्याय गरेको विकासका बुबा शम्भु पासवानले दुखेसो पोखे। उनले छोरालाई कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad