काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३ सय ८४ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय ९७, भक्तपुरमा १ सय ८८ र ललितपुरमा २ सय ९९ जना नयाँ संक्रमित थपिएका हुन्।
योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १३ हजार ९ सय ६७ पुगेको छ। भक्तपुर र ललितपुरमा क्रमशः चार हजार ४८ र ५ हजार ६ सय ९ सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै हालसम्म काठमाडौंमा १ लाख ७७ हजार १ सय ३९ संक्रमित कोरोना जितेर फर्किका छन्। भक्तपुर र ललितपुरमा क्रमशः १६ हजार २ सय ४३ र २८ हजार ४ सय ४५ जनाले कोरोना जितेका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा हालसम्म कोरोनाबाट एक हजार ६ सय ७८ जनाको मृत्यु भएको छ। त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः ३ सय ३१ र ४ सय ६४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया