राजनीति


प्रदेश २ मा सरकार हेरफेरको तयारी, जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन

प्रदेश २ मा सरकार हेरफेरको तयारी, जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन

शैलेन्द्र महतो
जेठ २३, २०७८ आइतबार ७:५१,

जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालवावु राउत चयन भएका छन्।

शनिबार अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मुख्यमन्त्री राउतलाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशावाहाले जानकारी दिए।

‘राउत पहिला पनि संघीय समाजवादी फोरमको संसदीय दलको नेता हुँदा मुख्यमन्त्री बन्नु भएको थियो। अहिले पनि मुख्यमन्त्री नै हुनुहुन्छ। त्यसैले अहिले जसपाबाट संसदीय दलको नेता उहाँलाई नै सर्वसम्मत रुपमा बनाइएको छ’ राज्यमन्त्री कुशवाहाले नेपालखबरसँग भने।

एकवर्ष अघि पूर्वसमाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को एकता भएपछि अहिलेसम्म प्रदेशशमा समायोजनको प्रक्रिया पुरा भएको छैन।

पुरानै दलको हैसियतमा मुख्यमन्त्री राउत अहिले सरकारको नेतृत्व गरिरहेका छन्। सत्ता साझेदार पूर्व राजपाका संसदीय दलको नेता जितेन्द्र सोनल छन्। उनी भौतिक पूर्वाधार विकास मन्त्री हुन्।

पार्टी भित्रको कलहले अहिलेसम्म ससपा र राजपाको पूर्ण मिलान हुन नसक्दै जसपा फुटको डिलमा पुगेको छ।

महन्त ठाकुर र राजेन्द्र महतो ओलीलाई सहयोग गर्न थालेदेखि महन्त पक्ष र उपेन्द्र पक्षको सम्बन्ध टाढिएको छ।

महन्त पक्ष १० मन्त्रीसहित सरकारमा सहभागी भएपछि प्रदेश २ मा उनका पक्षलाई सरकारबाट हटाएर कांग्रेस र माओवादीसँग सत्ता सहकार्यका लागि उपेन्द्र यादव सक्रिय भएका छन्।
त्यसाको विधिवत सुरुवात स्वरुप यादवले जसपाको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको श्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad