नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सिंगो व्यवस्था नै खतराउन्मुख भएको बताएका छन्।
नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तर्क्रियामा उनले मुलुकको राजनीति खतरा उन्मुख भएको भन्दै उनले देश जोगाउने अभिभारा सबैको भएकाले सोही अनुसार योगदान गर्न आव्हान गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले पार्टी नेतृत्वमा सकारात्मक सोच नभएको र नकारात्मक दृष्टि मात्रै रहेको बताए। राजनीतिक परिर्वतन ल्याए पनि सोही अनुरुपको संस्कारमा परिर्वतन हुन नसकेको टिप्पणी उनले गरे।
उनले भने, ‘देश, लोकतन्त्र, संविधान, गणतन्त्र परिवर्तन संकटको अवस्थामा छ। हाम्रो व्यवस्था नै खतरातर्फ उन्मुख भइरहेका छन्। कतिपय अभिव्यक्ति र गतिविधि हेर्दाखेरी त्यसले राम्रो शन्देश, राम्रो संकेत दिइराखेको छैन। यसर्थ हाम्रो काँधमा निकै ठुलो जिम्मेवारी छ।’
ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै आफूहरुको मूल एजेण्डा भएको भन्दै उनले आफूले त्यस सवालमा मूल्यको राजनीति नत्याग्ने प्रतिवद्धता पनि जनाए।
उनले भने, ‘जे सुकै भएपनि म मुल्यको राजनीति नत्याग्ने भन्न चाहान्छु। विचार, सिद्धान्त, मूल्य र मान्यता। मान्यताको निम्ति जुन राष्ट्रसँग जोडिएको होस्, जनतासँग जोडिएको होस्। समाजको परिवर्तनसँग जोडिएको होस्। यी मान्यताहरु छोडिदैँन। यो म तपाईहरुलाई भन्न चाहान्छु बाचुञ्जेलसम्म। पार्टीका कार्यकर्ताहरुले छुवाछुत महिला हिंसाका विरुद्धमा, समाजमा अन्याय अत्याचारका विरुद्धमा दृढताका साथ उभिने हो भने नागरिक समाजले पनि हातेमालो गर्ने हो भने राज्य पनि त्यहि अनुरुप अगाडि बढ्ने हो भने यी चिजमा परिवर्तन गर्न सकिन्छ।’
Shares

प्रतिक्रिया