राजनीति


सिंगापुरबाट फर्कनासाथ प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

  सिंगापुरबाट फर्कनासाथ प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ९:५३,

प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

सिंगापुरको नेसलन युनिभर्सिटी अस्पतालमा उपचार गरेर शुक्रबार मध्यान्ह स्वदेश फर्किएका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच फर्केको केही समयमा नै प्रधानमन्त्री निवास वालुबाटारमा भेटवार्ता भएको हो।

भेटमा प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै पछिल्ला राजनीतिक गतिविधि र पार्टीका कामका बारेमा सामान्य जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले दुई अध्यक्षबीच भेटवार्ता भएको बताए। नेपालखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘दुई अध्यक्षबीच भेटवार्ता भयो। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा सामान्य कुराकानी मात्रै भयो।’

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गर्ने दिनमै बसेको नेकपा सचिवालयको बैठकले अध्यक्षता गर्ने अधिकार प्रचण्डलाई दिएको थियो। त्कालीन एमाले र माओवादी एकता भएपछि दुई अध्यक्षको व्यवस्था गरिएको भर्ए पनि बैठकको अध्यक्षता ओलीले नै गर्दै आएका थिए।

प्रचण्डको अध्यक्षतामा भदौ ९ गते बसेको बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन, ४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन, जनवर्गीय संगठनको एकतालाई पूर्णता प्रदान गर्ने निर्णय गरेको थियो। त्यस्तै पार्टीको विधान विपरीत नबोल्न नेता तथा कार्यकर्तालाई अन्तपार्टी सर्कुलर समेत जारी गरेको थियो।

प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad