कला


रणवीर र आलियाको गोप्य तस्बिर सार्वजनिक

रणवीर र आलियाको गोप्य तस्बिर सार्वजनिक

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १०:४,

रणवीर कपुर र आलिया भट्ट बलिउडका हट केक मानिन्छन्। यो जोडिले जबदेखि फिल्म ‘ब्रह्मास्त्र’ को सुटिङ सुरु गर्यो तबदेखि उनीहरु धेरै निकट भएको खबर मिडियामा आउन थाल्यो।

यो कुरा तब सही सावित भयो जब आलियाले करण जोहरको च्याट शोमा आफ्नो सम्बन्धबारे बोलिन्। हालै यो जाडीको बिहेको तस्बिर भाइरल भइरहेको छ।

त्यो सत्य त होइन तर, उनीहरु प्रेम सम्बन्धमा रहेको कुरा भने प्रमाणीत हुँदै गएको छ। अहिले दुबै एकसाथ विदा मनाइरहेका छन्। उनीहरु यतिबेला केन्याको वाइल्ड जीवनको मज्जा लिइरहेका छन्।

जसको तस्बिरसमेत सार्वजनिक भएको छ। यो तस्बिर फोटोग्राफर विरल बियानीले अपलोड गरेका हुन्। यो जोडी पछिल्लो वर्ष सोनम कपुरको बिहेमा सँगै देखिएको थियो। त्यसपछि उनीहरु थुप्रै कार्यक्रमहरुमा साथमा देखिएका छन्।

रणवीरका बुबा क्यान्सरबाट पीडित छन्। आलिया पनि बेलाबेला उनका बुबालाई भेट्न न्यूयोर्क जान्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad