राजनीति


रास्वपाले पनि आज चितवनमा ‘बृहत् चुनावी सभा’ गर्दै

रास्वपाले पनि आज चितवनमा ‘बृहत् चुनावी सभा’ गर्दै

नेपालखबर
बैशाख ७, २०८० बिहिबार ११:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आज चितवनमा ‘बृहत् चुनावी सभा’ गर्दै छ। 

रास्वपाका अनुसार दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालयअगाडि चुनावी सभा आयोजना गर्न लागिएको हो। सभालाई चितवन–२ का उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने, रास्वपाबाट तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेलले सम्बोधन गर्ने बताइएको छ। 

चितवनमा आजै सत्ता गठबन्धनले पनि चुनावी सभा गर्दै छ। उसले पनि दिउँसो ३ बजे नै कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा आमसभा आयोजना गर्ने भएको हो। आमसभालाई माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्दै छन्। साथै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला पनि सहभागी हुँदै छन्।

चितवन-२ मा मुख्य रुपमा रास्वपा, नेपाली कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै छ। यहाँ रास्वपाबाट सभापति रवि लामिछाने, कांग्रेसबाट निवर्तमान जिल्ला (चितवन) सभापति जितनारायण श्रेष्ठ र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .