राजनीति


बागमती प्रदेशसभा बैठक: मुख्यमन्त्री-सांसद मस्त निद्रामा

बागमती प्रदेशसभा बैठक: मुख्यमन्त्री-सांसद मस्त निद्रामा

सुनिता विष्ट
साउन २८, २०८२ बुधबार १४:३७, काठमाडौँ

बागमती प्रदेश सभा बैठक बुधबार (आज) जारी छ। मध्याह्न १२ बजेबाट सुरु भएको प्रदेश सभा बैठकको विशेष समयमा प्रदेश सांसदहरूले आ–आफ्नो धारण राखिरहेका छन्। 

बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले विशेष समयमा बोल्न चाहने सांसदहरूलाई समय दिए।    

तर रोष्टममा सांसदहरूले बोल्दैगर्दा तल कुर्सीमा बसेका सांसद तथा मन्त्रीहरू भने निदाइरहेको दृश्य नै प्रदेश सभा सचिवालयको आधिकारिक सामाजिक सञ्जालका पेजहरूबाट प्रशारण भैरहेको छ। 

राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले प्रदेशबासीको समस्या सुनाउँदै विषयगत मन्त्रीको ध्यानाकर्षण गराए। तर मन्त्रीहरू भने मस्त निदाइरहेका थिए।  

थापाले किसानले समयमा मल नपाएको विषयमा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको ध्यानाकर्षण गराउँदै किसानको समस्या सुनाइरहेका बेला मन्त्री पौडेल भने कुर्सीबाटै लडिएला झैं गरी निदाइरहेका थिए। नेता थापाले के बोले भन्नेबारे उनले भेउ नै पाएनन्।  जबकि सांसदहरूको गुनासो, सुझाव सुनेर मन्त्रीले नयाँ कार्यक्रम वा कार्योजना ल्याउन पर्थ्यो।

यता, मन्त्रीमात्रै होइन, सांसदहरूले पनि रोस्ट्रममा बोलिरहेका सांसदहरूको वास्ता गरेनन्। थापाले बोलिरहँदा कांग्रेस बागमती संसदीय दलका सचेतकसमेत रहेका कञ्चनचन्द्र बादे, सांसद पुकार महर्जन र सुना परियार निदाइरहे। 

कांग्रेस सांसद यमुनादेवी श्रेष्ठले बोलिरहँदा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमेत निदाइरहेका थिए। उनले नवनियुक्त मुख्यमन्त्री र उनका समूहले प्रदेशवासीको हितमा काम गर्ने विश्वास रहेको बताउँदै शुभकामना दिँदैगर्दा मुख्यमन्त्री बानियाँ भने निद्रामा झुलिरहे। 

‘प्रदेशका १३ वटै जिल्लामा राम्रोसँग विकास वितरण होस् भन्न चाहन्छु। हाम्रो मुख्यमन्त्री ज्यूको प्रतिवद्धतालाई साकार बनाउन मन्त्रीहरू देखि कर्मचारीहरूको समेत भूमिका रहने भन्दै सबैले सहयोग गरिदिनुहुन आग्रह गर्दछु,’ सांसद श्रेष्ठले यति भन्दै गर्दा मुख्यमन्त्री बानियाँ झसक्क झस्किएर ब्यूँझिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad