नेकपा (एमाले) रसुवा जिल्ला कमिटीका अध्यक्ष जनार्दन ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले ढकाललाई स्वागत गरेका छन्। उनलाई थापाले कांग्रेसको सदस्यता पनि प्रदान गरेका छन्।
संविधान सभा सदस्य रहेका ढकाल निर्माण व्यवसायी हुन्। उनीसँगै एमाले रसुवाका स्थानीय नेता तथा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन्।
609
Shares

प्रतिक्रिया