राजनीति


बागमती प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस

बागमती प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १९:५२, हेटौंडा

बागमती प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङले जेठ १ गते रातिबाट चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। 

गत चैत २४ गते हिउँदे अधिवेशन सुरु भएको थियो। प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारीमा छ। त्यसैले हिउँदे अधिवेशन अन्त्य गरेर प्रि-बजेट छलफल सुरु गर्ने तयारी रहेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका प्रवक्ता तामाङले बताए।

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। २०७९ सालमा ऐन निर्माण भएर कार्यान्वयनमा आए पनि नियमावली बन्न सकेको थिएन। 

प्रवक्ता तामाङका अनुसार प्रदेशको स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेमा रहेको स्वास्थ्य तालिम केन्द्र हेटौँडामै स्थानान्तरण गर्ने निर्णय गरिएको छ। आजकै बैठकले वातावरण संरक्षण ऐन संशोधन विधेयक र प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पठाउन संसदीय समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता तामाङले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad