प्रतिनिधिसभातर्फ पर्वतमा हालसम्म भएको मतगणनामा ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले अग्रता कायमै राखेका छन्।
उनले ७ हजार २३० मत प्राप्त गर्दा नेकपा एमालेका पदम गिरीले ६ हजार ६२० मत ल्याएका छन्।
२०७४ सालको चुनावमा अर्जुन १२ हजार ४५६ मतान्तरले पदमसँग पराजित भएका थिए।
गिरीले ३९ हजार २७५ मत ल्याएर विजयी हुँदा जोशीले भने २६ हजार ८१९ मत प्राप्त गरेका थिए।
२०५६ सालदेखि २०७० सालको संविधानसभासम्म चुनाव जितेका जोशी यसपटक हारको बदला लिने इखसहित मैदानमा छन्।
पर्वतको कुल मतदाता संख्या १ लाख २२ हजार ६ सय १९ मध्ये ६६ हजार २ सय ७३ मत खसेको छ।
87
Shares
प्रतिक्रिया