राजनीति


डडेल्धुरामा देउवा ६ हजार मतले अगाडि, सागरको मत ७ हजार नाघ्यो

डडेल्धुरामा देउवा ६ हजार मतले अगाडि, सागरको मत ७ हजार नाघ्यो

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १८:४४, काठमाडौँ

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा मतान्तर फराकिलो बनाउँदै लगेका छन्। 

देउवाले प्रतिस्पर्धीसँग ६ हजार १२४ मतको अन्तर बनाएका छन्।

२६ हजार ६१८ मत गणना हुँदा देउवाले करिब आधा १३ हजार १२६ मत प्राप्त गरेका छन्। 

उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ हजार २ मत ल्याएका छन्। 

नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले ३ हजार ८४१ मत हासिल गरेका छन्। 

यस्तै, राप्रपाका गोविन्द खडायतले ४३३, स्वतन्त्र उम्मेदवार कर्णसिंह रावलले २२५, विक्रम बहादुर शाही १८८, श्याम सिनाल ८६ र लालबहादुर कठायतले ४५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad