नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अग्रता लिएकी छिन्। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार कोइरालाले ७ हजार ४ मत प्राप्त गरेकी छिन।
उनी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन्। कोइरालाकी प्रतिस्पर्धी नेकपा एमालेका ऋषिकेश पोखरेलले ६ हजार ९ सय ८२ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी निकै पछाडि छ। स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपाने ७ सय ८ मत प्राप्त गरेका छन्।
राप्रपाका गोपाल दाहालले २ सय ४० मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याकंमा उल्लेख छ।
मंसिर ७, २०७९, मंगलबार
102
Shares
प्रतिक्रिया