ad ad

राजनीति


मधेशका मुख्यमन्त्री लालबाबु राउत पर्सा १ (ख)बाट विजयी

मधेशका मुख्यमन्त्री लालबाबु राउत पर्सा १ (ख)बाट विजयी

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार ११:२२, पर्सा

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पर्सा क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)बाट विजयी भएका छन्।

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका राउतलाई निर्वाचनमा एमालेको साथ थियो। 

राउतले ७ हजार ५४५ मत प्राप्त गर्दा सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका रामनारायण प्रसाद कुर्मीले ६ हजार २१२ मत मात्रै प्राप्त गरेका छन्। 

यो क्षेत्रमा राप्रपाका उम्मेदवार विनयप्रसाद झाले २ हजार ८४१, हाम्रो नेपाली पार्टीका ओमप्रकाश शर्राफले २ हजार २९ र स्वतन्त्र उम्मेदवार शशि कपूर मियाँले १ हजार ८० मत ल्याएका छन्।

०७४ को निर्वाचनमा मधेशमा मधेशवादी दलको अवस्था बलियो हुँदा जसपाबाट राउत मुख्यमन्त्री बनेका थिए। तर, यसपटकको निर्वाचनमा मधेशमै मधेशवादी दलको अवस्था कमजोर बन्ने संकेत देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .