राजनीति


पुष्पबहादुर शाह : ०७४ मा गठबन्धनले रोकिए, यसपटक गठबन्धनकै बलमा जिते

पुष्पबहादुर शाह : ०७४ मा गठबन्धनले रोकिए, यसपटक गठबन्धनकै बलमा जिते

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १९:७, कञ्चनपुर

अछाम निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका पुष्पबहादुर शाह विजय भएका छन्। 

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार शाहले २३ हजार ५४ मतका साथ बाजी मारेका हुन्। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत ल्याएका थिए। 

उनीहरु यसअघि ०७४ को चुनावमा भिडेका थिए। वाम गठबन्धनका साझा उम्मेदवार बनेका एमालेका बोगटी त्यसबेला जितेका थिए।

कांग्रेसका शाहको संसद यात्रामा ०७४ सालमा वाम गठबन्धन तगारो बनेको थियो। यसपटक उनी आफै गठबन्धनको सहाराले संसदको यात्रा तय गर्न सफल भएका छन्।

०७४ को हारको बदला लिँदै शाहले एमालेका बोगटीलाई पराजित गरेका छन्। 

०७४ सालमा बोगटी २१ हजार ९६५ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शाहले १९ हजार १०६ मत ल्याएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .