राजनीति


गुरुङ फिल्मका हिरो श्याम गण्डकीको प्रदेश सांसद

जनताको मतको ‘भारा’ तिर्ने दायित्व
गुरुङ फिल्मका हिरो श्याम गण्डकीको प्रदेश सांसद

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १९:४, पोखरा

गुरुङ फिल्म ‘गोठालो’ मा एउटा चर्चित गीत छ। गीतले भन्छ-
‘आशामारा चुरुट थुवँरी पसी ङ्लोस्यो,तैतै ङलो भारा लैदी मो।’ 

चर्चित ब्राण्ड आशमाराजस्तै त्यही चुरुट खान बोलाएर पिरती गाँस्ने चलन पनि अहिले रहेन। 

मनपरेकी सोल्टिनीलाई चुरुट खान बोलाउँदा दिएको उत्तर भने अहिले पनि गाउँघरतिर चल्छ। कसैको केही खायो भने पक्कै ‘भारा’ लाग्छ। 

हो, यही गीतमा अभिनय गरेका वेदबहादुर गुरुङ‘श्याम’ अब आफूमाथि लागेको ‘भारा’ चुकाउने ठाउँमा पुगेका छन्। कास्की क्षेत्र नम्बर १ ‘ख’ का जनताले उनलाई प्रदेश सांसद बनाइदिएका छन्। 

दुई गुरुङबीचको प्रतिस्पर्धामा उनले  कांग्रेसका दीपक गुरुङ ‘माइला’लाई पराजित गरेका हुन्। श्यामले १२ हजार ६६१ र माइलाले ११ हजार ६९४ मत प्राप्त गरे।

श्याम मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्। उनको पािरपट्टिको गाउँ सिक्लेसका ‘मुखिया’ मनबहादुर गुरुङले संघीय सांसदको टिकट पाउँदा एमालेले श्यामलाई प्रदेश सुम्पेको थियो। 

२०४८ सालमा तत्कालीन नामार्जुङ गाविसमा कांग्रेसको तर्फबाट अध्यक्ष चुनिएका पिता टेकशाही गुरुङको आदर्श नपच्छ्याए पनि पिताभन्दा उच्च तहमा पुगेर देखाए। 

‘जुन भूगोलमा घाम नै १० बजेपछि लाग्छ अनि ३ नबज्दै  डुब्छ। त्यहाँका मान्छेले देख्ने सपना नै के ठुलो हुन्थ्यो र!’ श्यामले भनेका छन्,‘मेरो क्षेत्रलाई समृद्ध बनाउनु नै मेरो सपना हो।’ 

२०५२ सालमा बनेको गुरुङ चलचित्र ‘कुहिरो’बाट अभिनय यात्रा थालेका श्यामलाई कलाकारको रुपमा चिन्ने धेरै छ्रन्। 

गुरुङ फिल्मकर्मीहरुको संस्था गुरुङ फिल्म एसोसियनसन (जिफान)का पूर्वअध्यक्ष समेत रहेका उनले  आफ्नै निर्देशनमा ‘हाम्रो गाउँ घर नामक’ गुरुङ फिल्म पनि बनाएका छन्। 

श्यामसँग मादीको गाउँपालिका अध्यक्षको रुपमा प्राप्त अनुभव छ। अब उनले साँच्चिकै गाउँघरलाई समृद्ध बनाउनुपर्छ। 

बाचाहरु पूरा गरिनुपर्छ। साँच्चै उनी आफैले अभिनय  गरेको गीतको बोलजस्तै जनताको मतको ‘भार’ मा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .