ad ad

राजनीति


जितमा ह्याट्रिक गर्दै चौथो पटक सांसद चुनिए रमेश लेखक

०७४ मा झिनो मतान्तरले चुके, अहिले एमालेलाई भारी मतले जिते
जितमा ह्याट्रिक गर्दै चौथो पटक सांसद चुनिए रमेश लेखक

फाइल तस्बिर


गोकुल जोशी
मंसिर ७, २०७९ बुधबार १९:१४, काठमाडौँ

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका रमेश लेखक विजयी भएका छन्। 

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार लेखकले ३० हजार ५२३ मतका साथ बाजी मारेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत मात्रै ल्याउन सकिन्। 

क्षेत्र नं. ३ मा ५७ हजार ९५५ मत खसेको थियो। जसमध्ये ३ हजार ६९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

१२ हजार ७५ मतान्तरले लेखकले जित निकालेका हुन। यो संगै लेखक चोथो पटक संसदको ढोका खोल्न सफल भएका छन्। लेखकले यसअघि कञ्चनपुरमा प्रत्यक्षतर्फ तीन वटा संसदीय चुनाव लडिसकेका छन्।

पहिलो पटक ०५६ सालको चुनावमा साविकको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका लेखक विजयी भए। त्यस बेला उनले राप्रपाका इन्द्रबहादुर खत्रीलाई पराजित गर्दै संसद् यात्रा तय गरेका थिए।

०६४ को पहिलो संविधान सभा चुनावमा उनले प्रत्यक्ष चुनाव लड्न पाएनन्। साविक कञ्चनपुर क्षेत्र नं. ४ र डडेल्धुरामा प्रधानमन्त्री देउवा चुनाव लडे। दुवै क्षेत्र जिते पछि देउवाले कञ्चनपुर ४ छोडेका थिए।

देउवालाई आफ्नो क्षेत्र छोडेका लेखक त्यसबेला समानुपातिकतर्फ लागेका थिए। फेरि ०७० मा उनले प्रत्यक्ष चुनाव लड्ने मौका पाए। साविक क्षेत्र नं. ४ मा लेखक जित निकाल्दै संसद् पसे।

०५६ सालदेखि निरन्तर रुपमा संसद छिर्ने अवसर पाइरहेका लेखकको संसद् यात्रा ०७४ को चुनावले रोकियो। उनी वाम गठबन्धनका डा. दीपक प्रकाश भट्टसँग २५८ मतले पराजित भए।

त्यस बेला भट्टले २६ हजार ३६४ मत ल्याएका थिए भने लेखकले २६ हजार १०६ मत ल्याएका थिए। उनै लेखकले ०७४ को हारको बदला लिँदै माओवादी केन्द्रको समर्थनमा यसपटक बाजी मारे।

यससँगै लेखकको प्रत्यक्षतर्फ संसदीय चुनावमा तेस्रो जित भएको छ। उनी चौथो पटक सांसद चुनिएका छन्।

को हुन रमेश लेखक?
बेदकोट नगरपालिका–८ का स्थानीय बासिन्दा हुन, लेखक। उनको जन्म वि.सं. २०२० मंसिर २५ गते बैतडीमा भएको थियो। उनको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरमा पनि घर छ।

एमए र एलएलबी गरेका लेखक वि.सं. २०३७ मा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको जिल्ला उपसभापति हुदै राजनीतिमा आवद्ध भएका थिए। 

उनी वि.सं. २०४८ मा नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव भए। २०५६ फेरी सचिव गरेर उनले कांग्रेस कञ्चनपुरमा दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हाले। 

वि.सं. ०७२ देखि उनी लगातार कांग्रेसको केन्द्रीय सदस्य रहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा चिनिन्छन्, लेखक।

उनी वि.सं. २०६३ मा श्रम राज्यमन्त्री बने। त्यसपछि ०६४ मा श्रम मन्त्रालयको जिम्मेवारी पाएका लेखकले ०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हाक्ने मौका पाए।

उनी माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित शान्ति वार्ता टोलीको सदस्य पनि रहे। यस्तै, संविधान मस्यौदा समितिको सदस्य जिम्मेवारी पनि उनले सम्हाल्ने मौका पाए। 

राजनीतिमा आउनुअघि उनी महेन्द्रनगरमा प्राध्यापन, वकाल र पत्रकारिता पेशामा सक्रिय थिए। लेखक ०६२ सालमा मा ४ महिना जेल समेत परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .