राजनीति


जाजरकोटबाट शक्ति बस्नेतको ह्याट्रिक जित

जाजरकोटबाट शक्ति बस्नेतको ह्याट्रिक जित

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १:४५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बस्नेत जाजरकोटबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। 

बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

बस्नेत ०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका थिए। 

माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .