राजनीति


रेखा शर्मा : ‘हेभिवेट’ हराइन्, माओवादी विरासत बचाइन्

सांगठनिक कौशल भएकी शालीन नेता
रेखा शर्मा : ‘हेभिवेट’ हराइन्, माओवादी विरासत बचाइन्

दाङबाट निर्वाचित माओवादी नेतृ रेखा शर्मा। तस्बिर : नेपालखबर


सागर न्यौपाने
मंसिर ८ , काठमाडौँ

दाङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिँदै गर्दा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माका दुई चुनौती थिए, 

पहिलो, त्यस क्षेत्रमा आफ्नो पार्टीको विरासत जोगाउनु, दोस्रो, हेभिवेट नेतालाई हराएर पहिलो पटक प्रतिनिधि सभाको प्रत्यक्ष चुनाव जित्नु। 

२०७४ को चुनावमा त्यही क्षेत्रबाट माओवादीका कृष्णबहादुर महराले जितेका थिए। 

त्यसबेला नेकपा एमाले–नेकपा माओवादी केन्द्र गठबन्धन थियो। 

तर, यसपटक थियो, प्रतिस्पर्धी दल एमाले र उम्मेदवार थिए–प्रभावशाली महासचिव शंकर पोखरेल ।

यही दबाब र चुनौतीको विश्लेषण गरेकी शर्माले उम्मेदवारी दिएदेखि आफूलाई दाङ २ मै केन्द्रित गरिन्। मतदाताको घरघर पुगिन्। भाषण र ठूला कार्यक्रमभन्दा किसानकै घर आँगनमा देखिइन्। उनीहरुकै सुख दु:ख बुझिरहिन्।

४ मंसिरमा मतदान सकिएलगत्तै रेखाले नेपालखबरलाई सुनाएकी थिइन्, ‘मैले जनताको घरघर पुगेर अनावश्यक आश्वासन दिएकी छैन, प्रायः सबै मतदातालाई भेटेर सक्ने काम गर्छु, तपाईँहरुसँग रहन्छु भनेको छु, उहाँहरुको (जनता) माया कति छ, अब व्यालेटबक्सकै भरोसा छ।’

८ मंसिर विहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार शर्माले जनताको न्यानो माया पाइन्।

उनी जनतासँग गरेको बाचा कार्यान्वयन गराउने ठाउँमा अर्थात् संसद पुग्न सफल भइन्। 

एमालेका प्रभावशाली महासचिव शंकर पोखरेललाई पराजित गर्दै पहिलो पटक प्रतिनिधि सभाको प्रत्यक्ष चुनाव जितेकी छन्। 

शर्माले एमालेको सांगठनिक जनाधार भएको, सांगठनिक शिल्पी भएका र पार्टी संगठन हाक्न सबैभन्दा बढी क्षमता भएका पोखरेलाई हराएकी हुन्। 

यसअघि २०६४ को पहिलो संविधान सभामा उनी उठिनन्। तर त्यसपछि २०७० र २०७४ मा रेखा समानुपातिक सांसद बनिन्। 

२०७२ सालमा सामान्य प्रशासन मन्त्री भएकी उनी सरल जीवनशैली, सांगठनिक कौशल भएकी नेता हुन्। 

२०२६ साल असोज ९ गते घोराहीको मसिनामा जन्मेकी रेखा २०४३ सालदेखि विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीति थालेकी हुन्।

महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उतीर्ण गरेकी रेखा जिल्ला उपाध्यक्ष भइन्। 

उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन भने, २०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी महिलाको केन्द्रीय सदस्य र माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य भइन्। 

२०५३ साल देखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारी को केन्द्रीय अध्यक्ष भएर काम गरेकी रेखाले २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र काठमाडौं उपत्यका उपब्युरोको प्रमुखको जिम्मेवारी पाइन। 

महिला संगठनको अध्यक्ष भएकै बेला रक्सी विरोधी, दाइजो विरोधी अभियान चलाएकी उनी भाषण र संगठन कला भएकी नेताका रुपमा माओवादीमा चिनिन्छिन्।

युद्धको बेला तत्कालीन सरकारले लगाएको संकटकालको बेला २०५८ साल चैतमा उनी काठमाडौंको चाहविलबाट पक्राउ परिन्। 

२०५९ सालमा सरकार र माओवादीको वार्ता शुरु भएपछि रिहाई भएसँगै उनी पार्टीको नियमित लागिन्।

२०७० मा संविधान सभामा समानुपातिक सांसद बनेकी रेखा त्यतिबेला डा. बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएकी उनी माओवादीको प्रमुख सचेत पनि भइन्।

सामान्य प्रशासनमन्त्री भइसकेका उनी खारिएकी एक कुशल नेताका रुपमा उदाएकी छन्।

मंसिर ८, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.